Nations Khabar
Banner_News अन्तर्वार्ता अर्थ खेलकूद मनोरन्जन विचार

नर्सिङ क्याम्पसको समस्या समाधानमा क्याम्पस प्रमुखको वेवास्ता

नेशन्स खबर ।  वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा भएको विवाद समाधानमा क्याम्पस प्रशासनले चासो नदेखाउँदा अध्ययन अध्यापन प्रभावित भएको छ । स्ववियु निर्वाचनको परिणाम अनेरास्ववियुको पक्षमा आएपछि धाँधली भएको आरोप लगाउदै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेका छन् ।

नेविसङ्घले गरेको तालाबन्दी खोल्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । तालाबन्दीका कारण पठनपाठन र आउँदै गरेको परिक्षा संचालनमा असर परेको बताउँदै विद्यार्थीले क्याम्पस प्रशासनको मूल ढोका अगाडि धर्ना दिएर तालाबन्दी खोल्न माग गरेका हुन् ।

गत आइतबार सम्पन्न स्ववियू निर्वाचनमा एकजना सदस्य बाहेक अन्य सम्पूर्ण पदाधिकारी र सदस्यमा अनेरास्ववियूका उम्मेदवारले जित निकालेपछि निर्वाचनमा धाँधली भएको भन्दै अस्ती दिउँसो नेविसङ्घले क्याम्पसको प्रशासन शाखा र प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो । स्ववियू निर्वाचनको बहानामा तालावन्दी गर्न नपाईने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुनः सूचारु हुनुपर्ने धर्नामा बसेका विद्यार्थीको माग छ ।

क्याम्पसमा रातारात गरिएको तालाबन्दीका कारण आफूहरु आश्चर्यचकित भएको बताउँदै अधिकांस विद्यार्थीले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुनः सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डीनलाई पत्र समेत लेखेका छन् । प्राविधिक शिक्षा जस्तो क्षेत्रमा राजनीतिक स्वार्थका निमित्त विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएको उनीहरुको भनाई छ ।

उनीहरुले आफ्नो माग सम्बोधन नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनी समेत दिएका छन् । यता, स्ववियू निर्वाचनमा जितेको अनेरास्ववियुले पनि प्रेस विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्धति अनुसार सम्पन्न निर्वाचनको नतिजालाई स्वीकार गर्नुपर्ने ठाउँमा नेविसङ्घले पठनपाठनको वातावरणलाई प्रभावित गर्न खोजेको आरोप लगाएको छ ।

यता क्याम्पस प्रमुख जमुना भट्टराईले वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा विपक्षीले लगाएको आरोपको पनि कुनै खण्डन नै नगरी अस्वस्थताको बाहाना बनाएर वार्तामा समेत बस्न मानेका छैनन् ।

Related posts

माउन्ट फुजीको काखबाट नेपाल सम्झिंदा

Nations Khabar

वीरगञ्जमै पहिलो पटक आर्दशनगरदेखि बसपार्कसम्म रात्री बजार लगाउने तयारी

admin

वीरगन्ज महानगरले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने

Nations Khabar

Leave a Comment

Translate »